नियम १५
अभिलेख र स्याहा श्रेस्ता राख्ने :

बोनस वितरण गरेको अभिलेख र बोनस सम्बन्धी स्याहा श्रेस्ता राख्दा प्रतिष्ठानले देहायका कुराहरू खुलाई राख्नु पर्नेछ:–
(क) बोनस पाउने प्रत्येक कर्मचारीको नाम, थर र दर्जा ।
(ख) बोनस पाएको मिति ।
(ग) बोनस बापत पाएको रकम ।
(घ) कल्याणकारी कोषमा जम्मा भएको रकम ।